होम चौंलागाँईं/मण्डनदेउपुर
मण्डनदेउपुर काभ्रेका १३ स्थानीय तहहरु मध्येकोे स्थानीय तहको पुनर संरचना हुँदा बनेको पछिल्लो नगरपालिका हो ।
संरचनागत हिसाबले नगरपालिकामा केहि असहजताहरु हुँदा हुँदैपनि उपमेयरको नेतृत्वमा चल्दै आएको न्यायिक समिति तुलनात्मक रुपमा शसक्त र प्रभावकारी देखिंदै आएको छ । यसले प्रत्येक वर्ष मेलमिलापकर्ताहरुलाई मेलमिला र न्याय तथा कानून सम्वन्धि विभिन्न अभिमुखीकरण तालिमहरु प्रदान गर्दै आएको छ । नगरस्थित १२ ओटै ओडामा वडा मेलमिलाप समिति गठन गरेर गाउँ, टोल तथा वडाहरुमा झैझगडा र विभिन्न खालका उत्पन्न हुने समस्याहरु स्थानीय स्तरमै मिलाउँदै आएकोबाट यसको कामलाई सर्वसाधारण तथा सेवाग्राहीहरुले समेत राम्रो भन्ने गरेको पाइन्छ । समितिले विभिन्न समयमा तालिम प्राप्त गरेका मेलमिलाप कर्ताहरुलाई नगरपालिकामा सूचिकृत समेत गर्ने गरेको र सूचिकृतहरुले आ–आफ्नो क्षेत्रमा न्यय सम्पादन र मेलमिलापका कमाहरु गर्दै आएको देखिन्छ । हामी आफैं सक्छौं हाम्रो विवाद मिलाउन भन्ने मूल मर्मका साथ अघि वढेको १२ ओटै वडाहरुको मेलमिलाप समितिको कामलाई देख्दा लाग्दछ की–मण्डनदेउपुरमा न्याय सम्पादनको काम प्रभावकारी र शसक्त रहँदै आएको छ । यसै सन्दर्भमा मण्डनदेउपुर नगरपालिकाको न्यायिक समिति तथा मेलमिलाक समितिका मेलमिलापकर्ताहरुको जोस, जाँगर र पक्षपातरहित मेलमिलापको अवधारणा असाध्यै जनपक्षीय देखिंदै आएको छ । यसको ज्वलन्त उदाहरणको रुपमा विभिन्न समयमा न्यायिक समितिले आयोजना गर्ने गरेको सरोकार वालाहरुसंगको अन्र्तक्रिया कार्यक्रमलाई लिन सकिन्छ ।
समितिले गत असार १९ गते आ.व. २०७६÷०७७ मा १२ ओटै वडाहरुमा मेलमिलाकर्ताहरु मार्फत मिलाइएका र कतिपय वडामा मिल्न नसकी नगरको न्यायिक समितिमार्फत मिलाइएका विभिन्न खाले झैझगडाहरुका दुवै पक्षलाई कार्यक्रममा उपस्थित गराएका न्याय सम्पादनको असर तथा प्रभावहरुको बारेमा प्रत्यक्ष रुपमा अन्र्तक्रिया गराएकोे थियो । कार्यक्रममा विभिन्न ढंगले अन्र्तक्रिया गर्ने क्रममा अतिथि बक्ताहरुले न्यायिक समिति र मेलमिलाकर्ताहरुको सक्रियताको कारण मण्डनदेउपुर नगरपालिकामा दुखदायी घटनाहरुमा कमी आएको र जिल्ला अदातलसम्म जाने केसमा समेत कमी आएको बताइएको थियो ।





