2026 April 22/ 08:59: 56pm

होम चौंलागाँईं/मण्डनदेउपुर
मण्डनदेउपुर नगरपािलका स्थित मिलन दुग्ध उत्पादक सहकारी संस्था लि.ले आफ्ना दुग्ध उत्पादन गर्ने कृषकहरुलाई वर्ष भरी बेचेको दुधमा प्रति लिटर एक रुपैयाँका दरले अनुदान प्रदान गरेको छ । 
असार २२ गते संस्थाले मण्डनदेउपुर नगरपालिकाका उप प्रमुख निर्मला शाहीको प्रमुख आतिथ्यतामा अनुदान वितरण कार्यक्रम राखेर विभिन्न किसानहरुलाई उक्त अनुदान रकम हस्तान्तरण गरेको हो । यसरी वितरित अनुदान पाउनेहरुमा सबै भन्दा वढी दुध बेच्ने नवराज चौंलागाँईं र डोमप्रसाद पराजुली रहेका थिए । संस्थाका अध्यक्ष केशव प्रसाद सापकोटाको सभापतित्वमा संचालन भएको कार्यक्रममा संस्थाका पदाधिकारी, शेयर सदस्य तथा ८ नं. वडाका अध्यक्ष झलक प्रसाद पौडेल, पशु शाखा मण्डनदेउपुरका प्रमुख ध्रुव पराजुली, मण्डनदेउपुर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपाल, मण्डन उपत्यका सामाजिक उत्थान समाजका अध्यक्ष शेरबहादुर डोटेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले मन्तव्य राख्ने क्रममा मण्डनदेउपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष झलक प्रसाद पौडेलले सहकारी भवन निर्माण गर्नको लागि २० लाख मूल्य  पर्ने ४ आना जग्गा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।