रयाले/पनौति नगरपालिकाको आर्थिक सहयोगमा पनौति नगरपालिका –१ रयालेकोे जनमैत्री बचत तथा ऋण सहकारी संस्था द्वारा सदस्यहरुलाई वाख्रा वितरण गरिएको छ ।
सहकारीका शेयर सदस्यहरुलाई पनौति नगरपालिकाको सहयोगमा ४० वटा र संस्थाको बाख्रा साटासाट कार्यक्रम मार्फत २० वटा गरी ६० वटा बाख्रा बितरण गरिएको थियो । वाख्रा वितरण कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले नगरले ७ सय ५३ वटा स्थानीय तह मध्ये पनौती नगरपालिकाले कृषिमा सबै भन्दा बढि बजेट विनियोजित गरिएको बताउनु भयो । कृषकहरुलाई नै उत्पानमुखी बनाई प्रबिधी अनुसारको काम गर्न नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका उप प्रमुख गीता बन्जारा, प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापाँगाई, बरिष्ठ प्रशासकिय अधिकृत ईन्द्र अधिकारी ु, पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, पशुपन्छी शाखा प्रमुख मणी प्रसाद सपकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष राजकुमार सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।





