2026 April 22/ 09:00: 23pm

बनेपा/पतञ्जली योग समिति काभ्रेले गुरु पूर्णिमाको अवसरमा गुरुहरुको पुजा आयोजना गरेको छ । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठको सभापतित्व रहेको थियो । 
कार्यक्रममा योग गूरु रामदेव र आचार्य बालकृष्ण्को तस्विरमा माल्यार्पण गरिएको थियो । योगसाधकहरुले गुरुहरुको सम्मानमा गुरु प्रति पुस्ग गुच्छा बर्षाई, खादा, टिका लगाई उल्लासका साथ योग साधनबाट ब्यक्तिहरुले प्राप्त गरेको खुशी, सुखी र सन्तुष्टीको चर्चा गरेका थिए । कार्यक्रममा पतञ्जली योग समिति बागमती प्रदेश सदस्य सरिता शाक्य, महिला समिति काभ्रेका अध्यक्ष अञ्जना श्रेष्ठ, युवा समिति अध्यक्ष रमेश श्रेष्ठ लगायतले गुरु पुर्णिमा सम्वन्धी कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण महामन्त्री प्रकाश कायश्थले गर्नु भएको योग साधक मिलन श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा प्रमुख अतिथी तौजलेले योगको माध्यमबाट देश र जनताको जीवन समृद्ध बनाउने अभियानमा सधै साधकहरु सक्रिय हुने पर्ने बताउनु भयो ।