2026 April 22/ 08:59: 57pm

बनेपा/प्राइम कमर्सियल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेको छ । २०७७ साल असार २२ गते सोमबार बनेपा र धुलिखेलमा बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको शाखा प्रवन्धक अमन पोटेले बताउनु भयो । 
खाद्यान्न वितरण कार्यक्रममा बैकका पुर्व अध्यक्ष तथा उमेश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं. ३, बासधारी स्थित साहारा बालिका गृह आश्रित बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेको थियो भने बनेपा ६ गोसाईस्थान स्थित नैमिषारण्य संस्कृत गुरुकुलमा खाद्यान्न वितरण गरेको बनेपा शाखाका प्रवन्धक अमन पोटेले बताउनु भयो ।