2026 April 22/ 08:59: 57pm

बनेपा/बनेपा नगरपालिकामा नगर स्तरीय विपद ब्यवस्थापन सम्वन्धि बैठक सम्पन्न भएको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोरोनाको रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा नगरपालिकाले खेलेको भूमिकाका सन्र्दभमा समिक्षा गर्दै थप ब्यवस्थापनका बारेमा खेल्ने भूमिकाका बारेमा छलफल गरिएको थियो । 
    उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, शिर मेमोरियल अस्पतालका डा. अरुण गुप्ता, रेडक्रस काभ्रेकी सचिव पुष्पा खड्का, वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, स्वस्थ्य शाखा प्रमुख सत्यश्वर मकै श्रेष्ठ, नगरपालिकाका शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । बैठकमा कोरोनासँगै वाढी पहिरो, अन्य विपत्तिहरुका सन्दर्भमा छलफल भएको थियो । बैठकमा कोरोना कोषमा जम्मा भएको रकमबाट नगरपालिकामा वितरण गरिएको खाद्यान्न सहितको राहत, प्राप्त आम्दानी र पुर्व तयारीका बारेमा जानकारी गराईएको थियो । नगर प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले नगरपालिकाका नागरिकहरुको सुरक्षाका लागि नगरपालिकाले ध्यान दिएको बताउनु भयो ।