2026 April 23/ 01:26: 51am

धुलिखेल/स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा क्षयरोग सम्वन्धी आधारभुत तालिम आयोजना गरिएको छ । तीन दिने तालिमको बुधबार समापन गरिएको छ । तालिमको समापन बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारीले गर्नु भएको थियो । 
तालिम समापन गर्दै भण्डारीले नागरिकहरुको स्वास्थ्यमा स्वास्थ्यकर्मीहरुले ख्याल पु¥याउनु पर्ने बताउनु भयो । क्षयरोगका विरामीहरुको संख्या कमी भए पनि यसको हेरचाह अथार्त यसको रोकथामा समुदायको ध्यान जान नसकेकाले क्षयरोगसँग सम्वन्धीत विषयमा जानकारी गराउँदै क्षयरोगिहरुलाई नियमित औषधी सेवन, परिक्षण र उपचारमा ध्यान पु¥याउनु पर्ने भण्डारीले बताउनु भयो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै डा. झाले कोरोना लगायतको महामारीबाट नागरिकहरुलाई जोगाउन भएका प्रयास र नागरिकहरुको सहयोगका बारेमा जानकारी गराउँदै क्षयरोगका विरामीहरुको आउट ब्रेक कम भए पनि यसको प्रकोप उच्च रहेको बताउनु भयो । स्वास्थ्य कार्यालय मार्फत जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा क्षयरोगको परिक्षणका लागि आवश्यक पर्ने ८० वटा फ्रिजको ब्यवस्थापन गरिएको बताउनु भयो । तालिममा स्वास्थ्य संस्थाहरु, क्लिनिकहरु र हर्ड संस्थाका प्रतिनिधिहरु समेत गरी १९ जना सहभागि थिए । तालिममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झा, स्वास्थ्यकर्मीहरु सन्दिप केसी, हर्ड संस्थाका तेजनारायण शाह, सिता श्रेष्ठ, कृष्ण आले लगायतले प्रशिक्षण दिएका थिए । तालिमको संयोजन विष्णु जैसीले गरेका थिए ।