बनेपा/नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको आयोजनामा तीन दिने बृहत्त यौनिकता शिक्षा सम्वन्धी तालिम समापन भएको छ । अध्यक्ष शुभराज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमल्सिनाले युवाहरुको सकारात्मक सोच समाज परिवर्तनका लागि महत्वपूर्ण हुने भएकाले युवाहरुले गलत सुचनामा नभई तथ्य र सत्य सूचनामा ध्यान दिनु पर्ने बताउनु भयो । आत्महत्या, जर्बजस्ति करणी, लागु औषध जस्ता क्षेत्रमा सक्रिय भएकाले त्यसलाई रोक्न युवाहरु सक्रिय हुनु पर्ने उहाँको भनाई थियो । अध्यक्ष शुभराज जोशीले परिवार नियोजन संघले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान र युवा तथा किशोरीहरुले यौनीकताका बारेमा जानकारी लिनु पर्ने बताउनु भयो । परिवार नियोजन संघले लकडाउनको अवधीमा पनि युवाहरुलाई सचेत गराउन तालिम चलाएकाले यसको उपभोग गर्न युवाहरुलाई अध्यक्ष जोशीले अनुरोध गर्नु भयो । शाखा प्रवन्धक रमेश श्रेष्ठले परिवार नियोजन संघले पारिवारीक स्वास्थ्यका बारेमा ध्यान दिएको बताउनु भयो । युवाहरुलाई शशक्त रुपमा परिचालन गरी समुदायमा हुने यौनिकता शिक्षाका बारेमा जानकारी गराउँदै जाने प्रवन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो । तालीममा तीन दिनसम्म श्रोत ब्यक्ति रुपा कर्माचार्यले बृहत्त यौनिकताका बारेमा जानकारी गराउनु भएको थियो । सहभागिहरु संगिता गिरी, अस्मिन श्रेष्ठले तालिम फलदायी भएकाले तालिममा सिकेका कुराहरु ब्यवहारमै उतार्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
तालिममा विभिन्न क्षेत्रका युवायुवतीहरुको सहभागिता रहेको थियो ।





