बनेपा/साउनको भेल नामक बोलको गिती एल्बम बजारमा आएको छ । काभ्रेली गायक उषा भट्टराईको एकल स्वर रहेको उक्त गीतमा मोडल माधब सिग्देल, अनिता सुबेदी र माया मगर रहेका छन् ।
उक्त एल्बममा ‘साउनको भेल जस्तै आँशु, छाडेर गए त के भो’ जस्ता गितहरु समेटिएका छन् । काभ्रेली कलाकार उषा भट्टराईले अहिलेको युवा पुस्तामा देखिएको माया प्रेमका कुरालाई गीतमा उतारेकी छिन् । सम्पूर्ण काभ्रेलीहरुलाई गीत सुनेर प्रतिक्रिया दिन गायिका भट्टराईले आग्रह गरेकी छिन् ।





