2026 April 23/ 01:15: 55am

धुलिखेल/डिभिजन बन कार्यालय काभ्रेले जिल्लामा गैह्काष्ठ वन पैदावार खेती गर्न सकिने पकेट क्षेत्रको पहिचान, नक्साङ्कन तथा योजना सम्वन्धी तयारी गर्न गठित जिल्ला स्तरीय फोकल टिमको बैठक आयोजना गरेको छ । डिभिजन बन अधिकृत देवीचन्द्र पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सरोकारवालाहरुले उत्पादन, बजारीकरण र औधोगिकरणका बारेमा छलफल भएको थियो । 
बैठकमा सहायक बन अधिकृत गौरव भट्ट, न्हुच्छेकृष्ण श्रेष्ठ, वडा अध्यक्षहरु भगवान घिमिरे, दिलबहादुर श्रेष्ठ, दिलबहादुर वाईवा, जडिबुटी उत्पादक तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो । गैह्काष्ठ वन पैदावार खेती गर्न सकिने पकेट क्षेत्रको पहिचानको अध्ययन अनुसन्धानबाट श्रोत पहिचान, बजार अध्ययन र ब्यवसायिक खेती, प्रशोधन र मुल्य अभिबृद्धिका बारेमा तयारी गर्नुपर्ने सुझाव प्राप्त भएको थियो । सहभागीहरुले लोठ सल्लाको बजारीकरण साँघुरिदै गएको, ब्यवस्थित गर्न कठिन भएको र नेपाल भित्रै खपत कम हुने गरेको बताएका थिए । कोरोना समेत भगाउने नेपालमै उत्पादन हुने जडिबुटीहरु गुर्जाे, अश्वगन्धा, सर्पगन्धा, हर्राे, बर्राे, अमला जस्ता जडिबुटीहरुको उत्पादनमा जोड दिनुपर्ने सहभागीहरुले बताए । कृषकहरु गोपाल तिमल्सिना, रामप्रसाद तिमल्सिना लगायतले स्थानीय सरकारको प्राथमिकतामा यस्ता क्षेत्रहरु पर्नुपर्ने सल्लाह दिएका थिए ।