बनेपा नगरपालिका वडा नम्बर ९ मा रहेको पुमरी पर्यटन सहकारी र भक्तपुरको मध्यपुर थिमिमा रहेको अन्नपूर्ण बहुमुखी सहकारी संस्थालि बिच एकीकरण भएको छ ।
दुबै सहकारी एकीकरण पछि बनेपामा अन्नपूर्ण बहुमुखी सहकारीको सम्पर्क कार्यालयबाट कारोबार शुरु गरिएको छ । कार्यक्रममा अन्नपूर्ण बहुमुखी सहकारीका संस्थापक अध्यक्ष तथा सहकारी बिज्ञ मुकुन्द दाहालले सहकारी एकीकरण गरी सञ्चालनमा झनै सहज हुने बताउनु भयो । संख्या भन्दा गुणात्मक र सदस्यहरुलाई सुविधा दिनुपर्ने बताउनु भयो । कोभिड १९ अर्थात कोरोनाको महामारीले सबै क्षेत्रमा असर परेको हुदाँ सहकारीहरुले सदस्यलाई प्याकेजमा सुविधाहरु उपलब्ध गराउनु पर्ने बताउनु भयो । सरकारले मर्जरको नीति लिए पछि सहकारीहरुले अबस्था हेरेर मर्जरमा जानुपर्ने दाहालले बताउनु भयो । कार्यक्रममा अन्नपूर्ण सहकारी संस्था लि.का अध्यक्ष देवराज न्यौपाने, कुमारी साकोसका अध्यक्ष ठाकुरप्रसाद बजगाई, नयाँबस्ती खानेपानी उपभोक्ता समतिीका अध्यक्ष रामप्रसाद तिमल्सिना लगाएतको सहभागिता रहेको थियो ।
संस्थाको शेयर पुजीं ५५ करोड ९० लाख ७ हजार ५ सय रहेको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य पुमरी पर्यटन सहकारीका संस्थापक अध्यक्ष मिलन दाहालले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका बनेपा संयोजक ऋृषिराम गौतमले सभापतित्व गर्नु भएको थियो ।





