नाला/महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाको आयोजना तथा काभ्रे बहिरा विकास संघ, अपाङ्ग अस्पताल तथा पुर्नस्थापनना केन्द्र र बनेपा नगरपालिका वडा नम्बर ३ र ४ को समन्वयमा अपांगता पहिचान तथा अपांगता परिचय पत्र वितरण एवं एक दिने शिविर सम्पन्न भएको छ ।
शिविरको बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । लकडाउनका कारण बालबालिकाहरुलाई मनोसामजिक समस्या परेको, आफ्नै परिवारबाट असुरक्षित महशुस भएकाले त्यस्ता विषयमा अभिभावकहरु सचेत रहनुपर्ने उहाँले बताउनु भएको थियो । बालबालिकाहरुलाई कसरी महामारीबाट जोगाउने भन्ने ठुलो चुनौती रहेको बताउनु भयो । समाजका सबै वर्ग मिलि बालबालिकाहरुका समस्याका बारेमा लाग्नुपर्ने बताउनु भयो । शिविरमा ४८ जना शारीरिक अपाङ्गता भएका १८ वर्ष सम्मका बालालिकाहरुको पहिचान, पुर्नस्थापना एवं घुम्ति शिविर राखिएको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापन केन्द्रका तालिम संयोजक नेत्र बहादुर देउजाले बताउनु भयो । लकडाउनका समयमा समेत भौतिक दुरी कायम राख्दै बालबालिकाहरुको स्वास्थयमा असर नपरोस् भन्नका लागि शिविर आयोजना गरिएको बताउनु भयो । शिविरमा हाडजोर्नी, सामान्य चेकअप, शारीरिक समस्या भएकाहरुलाई शिविरले सहयोग पुग्ने देउजाले बताउनु भयो । शिविर पश्चात बालबालिकाहरुलाई औषधी, मास्क, सेनिटाईजर, साबुन, रुमाल लगायतका सामाग्रीहरु वितरण गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा शारीरिक अपाङ्गता भएका वालबालिकाहरुलाई परिचय पत्र वितरण गरिएको थियो । अपाङ्गताको गम्भीरताको आधारमा ४ प्रकारको अपाङ्गता परिचयपत्र स्थानिय तहबाट प्रदान गरिने शाखा अधिकृत विजया सुवेदीले बताउनु भयो । पहिला जिल्लाबाट मात्र वितरण हुने परिचय पत्र स्थानीय तह आए पछि स्थानीय तहबाट वितरण गर्दा धेरै अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत भएको सुवेदीले बताउनु भयो । बनेपा नगरपालिकाबाट रातो परिचय पत्र लिने ४४, निलो ७९ पहेलो २९ र सेतो ८ गरी जम्मा १ सय ६३ जनाले परिचयपत्र लिएको बताउनु भयो । परिचय पत्रको आधारमा सरकारले नै सुविधा प्रदान गरेको सुवेदीले बताउनु भयो । कार्यक्रममा महिला विकास शाखा निरिक्षक निर्मला कार्की, सहायक निरिक्षक सुनिता यादव, काभ्रे बहिरा विकास संघकी पूर्व अध्यक्ष कृष्ण प्यारी नकर्मी, रमेशलाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।





