रवि/युरिया मोलासेस मिनिरल ब्लक बनाउने तीन दिने तालिम धुलिखेल नगरपालिका वडा नम्वर २ मा सम्पन्न भएको छ । शनिबार तालिमको उद्घाटन धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देव प्रसाद कोईरालाले गर्नु भएको थियो भने समापन सोमबार धुलिखेल नगरपालिका उप्रमुख विमला शर्माले गर्नु भएको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख विमला शर्माले नगरपालिकाले कृषि र पशुपालनमा विशेष ध्यान दिएको बताउनु भयो । पर्यटनसँगै धुलिखेलका ग्रामीण क्षेत्रहरुमा कृषि र पशुपालन क्षेत्रलाई जोड दिएकाले कृषकहरु ब्यवसायीक खेतीमा लाग्न जोड दिनुभयो । उद्घाटन कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ डा.मोगलप्रसाद शाह, वडा अध्यक्ष देवप्रसाद कोईराला, रमेश घोरसाईने, पशु विकास अधिकृत राजकुमार हुमागाई, धुलिखेल नगरपालिका पशु सेवा शाखाका प्रमुख पुरुषोतम हुमागाई लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो । धुलिखेल नगरपालिका वडा नम्बर १ र २ का कृषकहरुलाई उक्त तालिम प्रदान गरिएको धुलिखेल नगरपालिका पशु सेवा शाखा प्रमुख पुरुषोतम हुमागाईले बताउनु भयो । पशुपन्छीमा देखिने बाँझोपनको समाधानको लागी उक्त तालिम आयोजना गरिएको हुमागाईले बताउनु भयो । पशुपन्छीहरुको पोषण तत्व र मिनिरल कमि हुन नदिनका लागी युरिया मोलासेसको प्रयोग गरी उक्त पोषण तत्व कमी हुन नदिने भेटेरीनरी अस्पताल तथा पशु विज्ञ डा.मोगलप्रसाद शाहले वताउनु भयो । उक्त ब्लक पशुपन्छिलाई खुवाँउदा बाझोपनमा कमी र पशुपन्छीहरु स्वस्थ रहने शाहले बताउनु भयो । हरियो घाँसपात कमि भएमा उक्त विधिको ब्लकले सघाउने छ । तालिम उद्घाटन सत्रका प्रमुख अतिथी वडा अध्यक्ष देवप्रसाद कोईरालाले विकास भनेको पूर्वाधार मात्र नभई जनताको आयस्रोत बढाउन समेत हुने भएकाले पशुपालन मार्फत आयआर्जन बृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्बरमा २ मा उत्पादन हुने दुध सफा स्वच्छ भई नेपालकै नमुना रहेको उहाँले बताउनु भयो । कोईरालाले बन्दाबन्दीको लामो अवधीमा समेत कृषकहरुको दुध ब्यबस्थापन गरी बजारमा लगेकोकोमा दुग्ध सहकारीहरुलाई धन्यबाद दिनुभएको थियो । प्रदेश सरकारले कृषकहरुलाई प्रत्यक्ष प्रतिलिटर १ रुपैया अनुदान उपलब्ध गराएकोमा वडा अध्यक्ष कोईरालाले धन्यबाद दिनु भएको थियो । कृषकहरुलाई परम्परागत ब्यबसाय नभई सुधारीएको पशुपालन तथा कृषी ब्यबसाय गर्न उहाँले आग्रह गर्नु भयो । कृषि पेशालाई यान्त्रिकरण र उत्पादनमुखी बनाउन वडाले समय समयमा तालिम, गोठ सुधार, भकारो सुधार, टनेल, कृषी औजार, विषादी, विउ बिजन वितरण गर्दै आएको कोईरालाले वताउनु भयो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ डा. मोगलप्रसाद शाह, धुलिखेल नगरपालिका पशु शाखा प्रमुख पुरुषोतम हुमागाई, सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्थालिका अध्यक्ष चर्तुभुज तिमल्सिना, साना किसान कृषि सहकारी संस्थालिका अध्यक्ष शालिकराम पराजुली लगाएतको सहभागिता रहेको थियो । तालिममा धुलिखेल नगरपालिका वडा नम्बर १ र २ का ३० जना सहभागी रहेका छन् । तालिम आगामी सोमबार समापन हुने छ ।
यसअघि धुलिखेल नगरपालिकामा रहेका मासु पसलहरुको अनुगमन गरिएको पशु सेवा शाखाका प्रमुख पूरुषोतम हुमागाईले बताउनु भयो । उपभोक्ताको स्वास्थ्यसँग सरोकार राख्ने विषयमा नगरपालिकाले चासो राखेको हुमागाईले बताउनु भयो ।





