2026 April 22/ 08:31: 24pm

पाटीखर्क/साविक नेकपा एमाले चलाल गणेस्थान गाउँ कमिटीका अध्यक्ष एवं पत्रकार महासंघ काभ्रेका पूर्व सदस्य पनौती नगरपालिका १० निवासी रामबाबु महतको ५८ बर्षको उमेरमा असामयिक निधन भएको १३ औं दिनमा नेकपा बेथान्चोक गाउँ कमिटीको आयोजनामा शोक सभा सम्पन्न भएको छ । 
नेकपा जिल्ला कमिटी सचिव टोकबहादुर वाईवाले पार्टीका विभिन्न कमिटीमा रहेर योगदान पु¥याएका महतको योगदानलाई पार्टीले कदर गर्ने बताउनु भयो । प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका वाईवाले हरेक ब्यक्तिका योगदानलाई स्मरण गर्न अनुरोध गर्नु भयो । प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले सच्चा योद्दा महतको भूमिकाले पार्टी काममा भएको सहयोगको स्मरण गर्दै परिवारप्रति समवेदना ब्यक्त गर्नु भयो । नेकपा नेता एवं पनौती नगरपालिका प्रमुख भिम न्यौपानेले पार्टीले गुमाउनु परेको असल कार्यकर्ताले पुगेको क्षति र शोकलाई शक्तिमा बदल्दै उहाँले पु¥याउनु भएको योगदानको स्मरण गर्नुपर्ने बताउनु भयो । नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका महतलाई सच्चा श्रद्धाञ्जली उहाँले दिएको मार्गमा हिड्नु भएको बताउनु भयो । सल्लाहकार भोजराज तिमल्सिनाले भुगोल साप्ताहिक हँुदै चेष्टासम्मको पत्रकारितामा रामबाबु महतको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा नेकपाका जिल्ला सदस्यहरु, स्थानीय पार्टी कमिटीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको संयोजक प्रेम लामाले जानकारी दिनुभयो । 
असार ४ गते विहीबार विहान खोपासी बजार आई ११ बजे घर फर्किएर खाना खाए पछि सुतिरहेका रामबाबु महत खाजा नउठे पछि ओछ्यानमै बितेको थाहा भएको बाबु ईश्वर महतले भन्नुभयो तीन छोरा मध्ये रामबाबु जेठो छोरा हो । महतका दुई छोरी र एक छोरा छन् । छोरा र एक छोरी बैदेशिक रोजगारको क्रममा छन् । महतको पनौती स्थित त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ । पार्थिव शरीरमा नेकपा नेता एवं संविधान सभा सदस्य रामहरी सुवेदीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । पूर्व मन्त्री एवं नेकपा काभ्रेका इन्चार्ज गोकुल बास्कोटाले महतको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्नु भएको छ । 
पत्रकारितामा सक्रिय महत केहि वर्ष अघि देखि कृषि पेशामा संलग्न भई राजनीति र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुुन्थ्यो । चलाल गाउँ कमिटीको अध्यक्ष रहेर पार्टी र कालिका माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्ष रहेर काम गरिसक्नु भएको थियो । पत्रकारिता क्षेत्रमा उहाँलाई रामको उपनामले चिनिन्थ्यो । राजधानीबाट प्रकाशन हुने साप्ताहिक र जिल्लाबाट प्रकाशन भएको चेष्टा साप्ताहिकमा समेत उहाँले काम गर्नु भएको थियो । महतको निधनप्रति नेपाल पत्रकार महासंघ काभ्रे शाखाको शुक्रबार बसेको बैठकले श्रद्धाञ्जली ब्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनुभयो ।