नाला/बनेपा नगरपालिका वडा नम्बर ३ मा शहरी स्वास्थ्य केन्द्र भवनको शिल्यान्यास बागमती प्रदेश सभा सदस्य बसुन्धरा हुमागाईले गर्नु भएको छ ।
भवन शिल्यान्यास कार्यक्रममा बोल्दै हुमागाईले भर्खरै तिनै तहको बजेट आएकाले तिनै तहका सरकारले जनताका आकाक्षहरुलाई समेट्ने प्रयास गरेको बताउनु भयो । जनताका थुप्रै आकांक्षाहरु सम्बोधन गर्न आगामी वर्षमा समेटदै जाने प्रतिबद्धता ब्यक्त गर्दै उहाँले महामारीका बिच स्वास्थ्य जस्तो सम्बेदनशील अबस्थामा स्वास्थ्यकै भवन बन्न लागेको हुदाँ वडावासीलाई धन्यबाद दिनु भएको थियो । तपाईहरु भाग्यमानी हुनुहुँदो रहेछ हुमागाईले भन्नुभयो, आफ्नै आँगनमा स्वास्थयको यति ठुलो भवन निर्माण हुन लागेको छ यसलाई सबै क्षेत्रबाट सहयोग गरी सम्पूर्ण स्वास्थको सेवा पु¥याउन वडा तथा नगरलाई आग्रह गर्नु भयो । जनतालाई जति सक्दो धेरै भन्दा धेरै स्वास्थ्य, शिक्षा, खानेपानी, सडक जस्ता विकासका कार्यहरुमा जोड्नुपर्ने बताउनु भयो । प्रदेश सरकारले नालाको मुख्य सडकहरुमा बजेट विनियोजित गरेको हुदाँ केहि वर्षमै विकासका कामहरु देखिने बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले नगरले नगरका १४ वटै वडामा जनताको विकास सँगै स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका सुविधाहरुमा काम गरेको बताउनु भयो । भर्खरै सम्पन्न नगरको आगामी वर्ष २०७७/०७८ को बजेटमा समेत स्वास्थ्यमा २ करोड भन्दा बजेट बिनियोजीत गरेको उहाँले बताउनु भयो ।
नगर भित्रका नागरिकहरुलाई आखाँको मोतिविन्दु भएका बिरामीहरुको निःशुल्क शल्याक्रिया गर्दे आएको उप–प्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । नगरबासीहरुको स्वास्थ्य बीमालाई निरन्तरता दिएको हुँदा उक्त कार्यक्रमा सहभागी हुन उहाँले अनुरोध गर्नुभयो । विकासका हरेक काममा सहभागिता जनाई खबरदारी र सहयोग गर्न उपप्रमुख दाहालले आग्रह गर्नु भएको थियो । वडा अध्यक्ष कृष्णप्रसाद दाहालले वडाको भवनको पहिलो ढलान सम्पन्न भएको, स्वास्थ्य भवनको शिल्यान्यास गरिएको, भिमसेन मार्गको सडक ११ मिटर कायम गरी कटीङ्ग सम्मन्न गरिएको, सुमारा हुँदै काशिभन्ज्याङ्ग सम्म ११ मिटर कायम गरी चौडा बनाएको, कृषकहरुको गोठ सुधार कार्यक्रमलाई निरन्तरता दिईएको, कृषकहरुलाई तालिम प्रदान गरी विउ विजन वितरण गर्दै उत्पादनमा बृद्धि गर्नको लागि सहयोग पु¥याएको जस्ता विकासका कामहरु गर्दै जाने बताउनु भयो । जनताका सेवा सुविधा एउटै ठाँउबाट प्रदान गर्नको लागी भौतिक निर्माण समेत सम्पन्न गरी सेवालाई अझै ब्यबस्थित गर्ने उहाँले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, समाजसेवी तुलप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष केदार प्रसाद सिग्देलले नगरपालिकाबाट २० लाख प्राप्त भएकाले सहभागिता सहति भवन निर्माण सम्पन्न गर्ने बताउनु भयो । सिग्देलले भवन निर्माण पश्चात स्थानीयहरुलाई सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।





