धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर ४ विश्वविद्यालय जाने मोडमा बाल मैत्री चिल्डेन पार्कको शिल्यान्यास गरिएको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले पार्कको शिल्यान्यास गर्नु भएको हो ।
नगर प्रमुख ब्यान्जुले धुलिखेल नगरपालिकालाई हरित नगर र नेपालकै उत्कृष्ट पार्क मैत्री र ग्रिन सिटी नगरपालिका बनाउने अभियान अन्र्तगत पार्क निर्माण धमाधम भएको बताउनु भयो । नगरका १२ वटै वडामा ३ वर्षमा ३६ वटा पार्क निर्माण भैईसकेको छ । ६ वटा वडा बालमैत्री घोषणा भैइ सकेको र आगामी वर्ष बाँकी ६ वटा वडालाई घोषणा गरीने नगर प्रमुख ब्यान्जुले बताउनु भयो । विकास भनेको बाटो ढल, मात्र नभई शहरको सुन्दरता, बाल मैत्री, खुल्ला दिशामुक्त, साक्षर नगर घोषणा लगाएतका कार्यहरु नगरले सम्पन्न गरिसकेको हुदाँ नगरबासीहरुको आर्थिक स्तर उकास्न लागी महत्वपूर्ण रहेको बताउनु भयो । नगरले एक घर एक धाराको काम अन्तिम चरण पुगेको, सुकुम्बासीलाई जग्गा प्रदान जस्ता कार्यहरु अन्तिम चरणमा पुगेको ब्यान्जुले बताउनु भयो । धुलिखेलमा प्रदेश स्तरको ल्याब स्थापना गर्न लागिएकाले नागरिकहरुको स्वास्थ्य प्रति सचेत रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा उप–प्रमुख विमला शर्मा, धुलिखेल नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रविन्द्र कर्माचार्य, ११ नम्वर वडाका अध्यक्ष विष्णु धिताल लगाएतका ब्यक्तिहरुले विकासमा जनताको सहभागिता अनिवार्य चाहिने बताउनु भयो । पार्क निमार्णमा धुलिखेल नगरपालिका र डिभिनज वन कार्यालयको सहकार्यमा निर्माण हुन लागेको सेतिदेवी चिल्डेन पार्कका अध्यक्ष सत्यमान लामाले जानकारी दिनुभयो । कार्यक्रम पार्कका अध्यक्ष सत्यमान लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।





