बनेपा/पतञ्जली योग समिति काभ्रे जिल्लाको आयोजनामा छैठौं अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा सम्पन्न भएको छ । योग भवन बनेपामा आयोजित कार्यक्रमको पानसमा दिप प्रज्वलित गरी उद्घाटन गर्दै प्रमुख अतिथि पतञ्जली योग समिति बाग्मती प्रदेशका अध्यक्ष ग्रोविन तौजलेले विश्वव्यापी रुपमा अहिले फैलिएको कोरोना भाईरस आतंकसँग जुध्न दैनिक योग अभ्यास र प्राणायामले सहयोग पु¥याएको र यसैकारण सबै मानवले योग अभ्यासलाई अँगाल्नुपर्ने र यसबाट राष्ट्रमा सकारात्मक योगदान पुग्ने बताउनुभयो ।
पतञ्जली योग महिला समिति काभ्रेका अध्यक्ष अञ्जना श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा योग समिति काभ्रेका उपाध्यक्ष हरिशरण श्रेष्ठ, सल्लाहकार ईन्दिरा तौजले, बनेपा नगर अध्यक्ष कमला राजभण्डारी र धन्यवाद ज्ञापन योग युवा समिति काभ्रेका अध्यक्ष रमेश श्रेष्ठले दिनुभएको थियो । कार्यक्रमको सभापतित्व पतञ्जली योग समिति काभ्रेका अध्यक्ष दमनकुमार श्रेष्ठले गर्नुभएको थियो भने संचालन योग समिति काभ्रेका महामन्त्री प्रकाश कायस्थले गर्नुभएको जानकारी योग साधक मिलन श्रेष्ठले जानकारी गराउनुभयो ।





