बनेपा/रुकुम लगायत देशैभरी जातीयको आधारमा हत्या गरिएका नवराज विक, गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार, गोविन्द शाही, शम्भु सदा, अंगिरा पासीको स्वच्छ छानबिन गरि पीडकहरुलाई राज्यले कारबाही गर्नुपर्ने र पीडित परिवारहरुलाई न्यायसहित राहतको माग सहित कार्यक्रम सम्पन्न भएको छ ।
उक्त अभियानमा युवा, विद्यार्थी तथा जनसमुदायलाई खबरदारी तथा विभेद अन्त्य गर्नको साथ र सहयोग लागी समेत संयुक्त राजनीतिक दलित संघर्ष समिति काभ्रेका अध्यक्ष प्रकाश रोक्काले अपिल गर्नु भएको थियो । जातिय विभेद र छुवाछूतबाट सृजित हत्या, सामुहिक हत्या र नरसंहारलाई थप सर्वस्व सहित जन्मकैदको दण्ड सजाय गर्ने व्यवस्था हुनुपर्ने साथै विभेदका विरुद्ध नेपाल सरकारले सबै तह, निकाय र सबै समुदायमा अनिवार्य जनचेतना कार्यक्रम संचालन गर्नुपर्ने रोक्काले माग गर्नु भएको थियो ।





