बनेपा/चण्डेश्वरी हेल्थ केयर आर्युबेद तथा देउराली औषधालय( जडीबुटी उत्पादन फ्याक्ट्रि) मा विजुलीको लाईन सर्ट भई आगलागी भएको छ ।
आगलागीबाट लाखौको औषधी र मेशिनमा क्षति पुगेको छ । उक्त हेल्थ केयरले विगत लामो समय देखी फ्याक्ट्रिबाट विभिन्न आर्युबेद औषधिहरु उत्पादन तथा विक्री वितरण गर्र्दै आएको थियो । कम्पनीका प्रोपाईटर शिबकुमार श्रेष्ठका अनुसार उक्त फ्याक्ट्रिबाट विभिन्न औषधिहरु उत्पादन तथा विक्रि र्गैे आएको थियो । विहान ६ बजे एक्कासी आगोको मुस्लो देखे पछि छिमेकीहरुले कराए पछि थाहा पाएर थप क्षति हुन नपाएको श्रेष्ठले बताए । आगलागीबाट ६५ लाख ७० हजार बराबरको क्षती भएको श्रेष्ठले बताए । आगलागी पछि आगो दुई घण्टामा नियन्त्रणमा आएको थियो ।





