सागा“/पुर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले निर्वाचनमा जनता समक्षा ब्यक्त गरेका प्रतिवद्धतालाई धोका नदिने बताउनु भएको छ ।
बनेपा नगरपालिका वडा नम्बर १४ को वडा भवन शिल्यान्यास कार्यक्रममा बोल्दै बास्कोटाले उक्त कुरा बताउनु भएको हो । आम नागरीकको पहु“च पुग्न वडा कार्यालयको भबन समयमा नै सम्पन्न गर्नु भर्ने बास्कोटाले वताउनु भयो । ‘भ्रष्टचारको आरोप लागेपछि अनुसन्धानको बाटो खुल्ला गर्नको लागी मैले मन्त्री पदबाट राजिनामा दिएको हु“’ – बास्कोटाले भन्नुभयो – ‘जुनसुकै ब्यक्तिलाई आरोप लाग्छ भने सहजताका लागी बाटो खाली गरिदिनु उपयुक्त हुन्छ, त्यसैले मैले आफ्नो पदबाट राजिनामा दिएको हुँ ।’ कानुनी उपचारमा र सामाजिक परिक्षणमा गैइसकेको हु“दा यस विषयमा धेरै नबताउने र कानुनी फैसला आफुलाई मान्य हुने बास्कोटाले वताउनु भयो । राजनितीमा उत्तरचढाब भैईरहने हु“दा कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गर्दे जिल्लामा ईतिहासकै धेरै रकम निकास भै राष्ट्रिय गौरबका योजनाहरु सञ्चालन भएको बताउनु भयो । ईन्द«ावती, पा“चखाल खानेपानी, सागाँ“मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, बनेपा, धुलिखेल र पनौती पुण्यमातामा करिडोर लगाएतका धेरै विकासका कामहरु सञ्चालन भएका बास्कोटाले वताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिती काभ्रेका प्रमुख उद्धब केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठ, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेति,वडा अध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष गौरी राउतले भवन ३ तलाको निमार्ण गर्न लागीएको वताउनु भयो । वडाका सम्पुर्ण सेवाहरु भवन निमार्ण पछि उक्त भवन बाटै गर्न सहज हुने राउतले वताउनु भयो । कार्यक्रम वडा अध्यक्ष गौरी राउतको सभापतित्वमा सम्पन्न भएको थियो ।





