2026 April 22/ 07:24: 36pm

बनेपा/पाँचकुमारी पेट्रोल पम्पमा तासको खाल संचालन हुने गरेको रहस्य खुलेको छ । तासको खालबाट प्रेटोल पम्पका संचालक जनक तिमल्सिना सहित ६ जना पक्राउ परेका छन् ।
बनेपा नगरपालिका वडा नम्वर ६ स्थित पाँचकुमारी पेट्रोल पम्प रहेको जनक तिमल्सिनाको घरमा तासको खाल संचालन भईरहेको सूचनाको आधारमा प्रहरीले तिमल्सिना सहित तेमाल गाउँपालिका वडा नम्वर ८ का बिश्वराज तामाङ, धुलिखेल नगरपालिका वडा नम्वर ४ का रामेश्वर के.सी, सोहि ठेगानाका अनिल थापा, धुलिखेल ४ का भोला राय र किरण रन्जितकार रहेका छन् । पक्राउ परेका मध्ये अनिल थापा यस अघि पनि हातहतियार मुद्दामा पक्राउ परेका ब्यक्ति हुन् । प्रहरीले जुवाको खालबाट छ लाख चौवन्न हजार पाँच सय रुपैया बरामद गरेको छ । तासको खालबाट संघिय प्रहरी ईकाईमा कार्यरत रहि घुमुवाको काम गर्ने एक जना प्रहरी भाग्न सफल भएको