बनेपा/इलाका प्रहरी कार्यालय बनेपाले जिल्ला प्रहरी कार्यालय काभ्रेको समन्वयमा बनेपामा रहेको तेन्डेल हार्डवेयरको काउन्टरबाट नौ लाख चोरी गर्ने दुई प्रकाशलाई पक्राउ गरेको छ । नवलपरासी सुनवल नगरपालिका वडा नम्वर १ बाट चितवन रत्ननगर नगरपालिका घर भएका प्रकाशजंग कुँवरलाई पक्राउ गरे पछि काठमाडौ तिलिङ्गेटार घर भएका प्रकाश भण्डारीलाई पक्राउ गरेको हो ।
चोरीलाई ब्यवसायका रुपमा अगाडी बढाएका प्रकाशजंग कुँवरले काठमाडौका प्रकाश भण्डारीलाई सहयोगि बनाएको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो । ‘हामी अनुसन्धानका क्रममा छौं, अनुसन्धानबाट प्रकाशजंग कुँवरको साथबाट नगद १ लाख ५० हजार, घटनामा संलग्न हुँदा पोशाक, जुत्ता, मोवाईल र वाईफाई राउटर बरामद भएको छ भने प्रकाश भण्डारीको साथबाट २ लाख ३१ हजार ९ सय ९९ रुपैया र एक थान मोवाईल बरामद भएको छ’–प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘दुबैको साथबाट बरामद भएको ३ लाख ८१ हजार ९ सय ९९ रुपैया बरामद भएको छ ।’ प्रकाशजंग कुँवरले प्रकाश भण्डारीलाई जेठ २८ गते दिउसो स्कुटरमा ल्याएर बनेपा छाडिदिएका थिए । राति पैसा चोरी गरिसकेपछि बोलेरो लिएर उनै भण्डारी कुँवरलाई लिन बनेपा आए । बनेपाबाट झोलामा पैसा लिएर काठमाडौ गएका भण्डारी र कुँवर केहि दिन होटलमा बसे । तेश्रो दिन मात्रै उनिहरुले चोरेको पैसा आधा आधा गरेका थिए । तर उनिहरुले ७ लाख रुपैया भन्दा नचोरेको बताएको प्रहरीले बतायो । हार्डवेयर मालिक सुरेश घिसिङ्गले भने ९ लाख नगद चोरी भएको निवेदन जेठ २९ गते दिएको थिए ।
प्रहरीले लकडाउनको अवधीमा हार्डवेयर पसलको काउन्टरबाट नगद ९ लाख रुपैया चोरी गर्ने दुई युवालाई टिर्सटको पहिचानका आधारमा नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा नम्वर १ डाँडाटोल स्थित आफन्तको घरमा लुकिरहेको अवस्थाबाट पक्राउ गरेको हो । ‘बनेपा नगरपालिका वडा नम्वर ७ मा रहेको तेन्डेल हार्डवेयर प्रालीको काउन्टरबाट चोरी भएको ९ लाख रुपैयाको उजुरीका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले तत्कालै मेरै नेतृत्वमा ७ जनाको टोली खटाए पछि सुक्ष्म अनुसन्धानका आधारमा नवलपरासीबाट पक्राउ गरेर बनेपा ल्याउन सफल भयौं’– ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘काउन्टर चोरी गर्नु केहि दिन अघि उनी त्यहि हार्डवेयरमा आउने गोविन्द चौधरीले चलाएको ट्रकमा आएका आधारमा उनको पहिचान गर्न सहज भयो ।’ हार्डवेयरको काउन्टरबाट चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्वर १ बस्ने २७ बर्षिय प्रकाशजंग कुवरले जेठ २८ गते राति ८ बजे ९ लाख ४ हजार २ सय ७५ रुपैया चोरी गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले चोरी गरी फरार भएका प्रकाशजंगलाई नवलपरासीबाट पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो । ‘लकडाउनको मौका छोपी विभिन्न अपराधमा संलग्न हुनेहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ’–एसपी पौडेलले भन्नुभयो–‘जुनसुकै अपराधमा पनि प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी अनुसन्धान गरेका छौं । कुनै अपराध हुन नदिन र भएका अपराधमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं ।’
‘बनेपा नगरपालिका वडा नम्वर ७ मा रहेको तेन्डेल हार्डवेयर प्रालीको काउन्टरबाट चोरी भएको ९ लाख रुपैयाको उजुरीका आधारमा जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले तत्कालै मेरै नेतृत्वमा ७ जनाको टोली खटाए पछि सुक्ष्म अनुसन्धानका आधारमा नवलपरासीबाट पक्राउ गरेर बनेपा ल्याउन सफल भयौं’– ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो–‘काउन्टर चोरी गर्नु केहि दिन अघि उनी त्यहि हार्डवेयरमा आउने गोविन्द चौधरीले चलाएको ट्रकमा आएका आधारमा उनको पहिचान गर्न सहज भयो ।’ हार्डवेयरको काउन्टरबाट चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नम्वर १ बस्ने २७ बर्षिय प्रकाशजंग कुवरले जेठ २८ गते राति ८ बजे ९ लाख ४ हजार २ सय ७५ रुपैया चोरी गरेका थिए ।
हार्डवेयर संचालक सुरेश घिसिङ्गले प्रहरीमा जेठ २९ गते काउन्टर चोरी भएको जानकारी गराएको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो । जिल्ला प्रहरी कार्यालय काभ्रे र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले चोरी गरी फरार भएका प्रकाशजंगलाई नवलपरासीबाट पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो । प्रहरीका अनुसार कुँवर केहि दिन अघि साढुदाई ट्रक चालक गोविन्द चौधरीसँग हार्डवेयर आएको सिसि क्यामेराको फुटेजमा देखिएको थियो । चोरी गर्दा प्रयोग गरेको टिर्सट र केहि दिन अघि हार्डवेयरमा आउँदा लगाएको टिर्सट एउटै देखिएका आधारमा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ । उनी पटक पटक चोरी मुद्दामा पक्राउ परी जेल पर्दै छुट्दै गरेको बताए । ३ वर्ष अघि उनी मोवाईल चोरीमा काठमाडौबाट पक्राउ परेका थिए भने ५ महिना अघि मात्रै चोरी अभियोगबाट जेलबाट छुटेका थिए । केहि दिन अघि हार्डवेयरमा आएर सबै अध्ययन गरे पछि लकडाउनको मौका छोपी उनले हार्डवेयरको काउन्टरमा रहेको पैसा चोरी गरेका थिए । कुँवरलाई चोरी अभियोगमा मुद्दा दर्ता गरी म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ । चोरेको रकम मध्ये केहि आफन्तको किनमेलमा खर्च गरेका थिए भने केहि मोवाईल खरिदमा र अन्य रकम बाँडेको बताए पनि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनु भयो ।





