बनेपा/कोरोनासँग जुध्न जिल्लाका संचारकर्मीहरुलाई आयुर्वेद उपलब्ध गराईएको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बनेपाले संचारकर्मीहरुलाई आयुर्वेद सेवाका बारेमा जानकारी गराउँदै आर्युवेद उपलब्ध गराएको हो ।
संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आर्युवेद उपलब्ध गराउँदै क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई योग र आर्युवेद उपलब्ध गराउने जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख आर्युवेद चिकित्सक मनोजकुमार चौधरीले बताउनु भयो । बनेपामा आयोजित कार्यक्रममा डा मनोजकुमार चौधरीले आर्युवेद सेवाले ब्यक्तिको जीवनमा पार्ने प्रभावका बारेमा जानकारी गराउनु भयो । आहार, निद्रा र ब्रहमचर्म शरिरका तीन खम्बा भएकाले यसलाई ध्यान दिन सके शरिर सधै स्वस्थ हुने उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो भने आर्युवेदसँग सम्वन्धित विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा आर्युवेद चिकित्सक डा.मनोजकुमार चौधरी, रमेश पनेरु र कृष्णप्रसाद पराजुलीले जानकारी गराउनु भएको थियो ।
त्यस्तै बनेपा नगरपालिकाका जनप्रतिनिधिहरुलाई आर्युवेद स्वास्थ्य केन्द्र बनेपाले कोभिड १९ को महामारीमा आर्युवेदको उपयोगबाट नागरिकहरुलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा आर्युवेद सेवा सम्वन्धी अभिमुखिकरण गरेको छ । बनेपा नगरपालिकामा आयोजित कार्यक्रममा आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिं बादेले आर्युवेदको प्रयोग गर्न सकिएको अवस्थामा ब्यक्तिको स्वास्थ्यमा सुधार हुने बताउनु भयो । नेपालमा भएका थुप्रै जडिबुटीहरु नेपालीहरुका लागि उपयोगी भएकाले त्यहि जडिबुटीबाट तयार भएका आर्युवेदहरु निर्धक्क प्रयोग गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. मनोजकुमार चौधरीले सन्तुलित आहार, नियमित स्नान, परिश्रम, शतिवद्र्धक खानाको ब्यवस्थापन गर्न सकिएको अवस्थामा आर्युवेदको सेवा थप प्रभावकारी हुने र ब्यक्ति स्वस्थ हुन सक्ने बताउनु भयो । आर्युवेद स्वास्थ्य सेवा केन्द्रले नागरिकहरुका लागि दिने सेवाका बारेमा सोहि अवसरमा जानकारी गराईएको थियो । कार्यक्रम आर्युबेल स्वास्थ्य केन्द्रका कृष्णप्रसाद पराजुलीले संचालन गरेका थिए ।





