2026 April 22/ 07:25: 09pm

बनेपा/बनेपा नगरपालिकाले चालु वर्षमा संचालन भएका योजनाहरुको प्रभावकारी अनुगमन र कार्यान्वयन शुरु गरिएको छ । नगर भित्रका सबै योजनाहरुको पूर्ण कार्यान्वयन गर्ने गरी अनुगमन गरिएको उपप्रमुख रेखा सापकोटा दाहालले बताउनु भयो । 
योजनाहरुका बारेमा जानकारी लिन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप प्रमुख  रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उपे्रती, वडा अध्यक्ष हरु, योजना अधिकृत जानकारी लिनु भएको थियो । बन्दाबन्दिको समयमा पनि सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी सामाजिक दुरि कायाम गरि तीब्र रुपमा आर्थिक बर्ष २०७६÷०७७ का योजानाका काम अन्तिम चरणमा पुगेको बनेपा नगरपालिका उप प्रमुख तथा योजना अनुगमन समिति संयोजक रोखा सापकोटा दाहालले वताउनु भयो । बनेपा नगर भित्र संघ प्रदेश र नगरको योजनाहरु बन्दाबन्दिको समयमा समेत उत्सुकताका  साथ उपभोक्ताहरु सक्रिय रुपमा लागेको उहाले बताउनु भयो । चालु वर्षका लागि विनियोजन भएका अधिकांश योजनाहरु सम्पन्न हुने चरणमा पुगेका छन् ।