2026 April 22/ 07:25: 15pm

    बेथान्चोक/लकडाउनका कारण ब्यक्तिहरु घरबाट बाहिर निस्कन नसके पनि पार्वती माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरु, जनप्रतिधिहरु र सरोकारवालाहरु बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 
    छलफल कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, शिक्षा विद तथा पार्वती माविका पुर्व प्रधानाध्यापक बलराम तिमल्सिना, पार्वती माबी व्यवस्थापन समिति अध्यक्ष तथा बेथान्चोक गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष भगवान घिमिरे, बरिष्ठ पत्रकार तथा पार्वती क्यामपसका अध्यक्ष परशु घिमिरे,  नेपाल सरकारका उप सचिव तथा वित्त विभाग प्रमुख नमराज घिमिरे, पार्वती एल्मुनाई एसोसिएसनका सस्थापक अध्यक्ष थर्कप्रसाद तिमल्सीना, पत्रकार महासङ्घ काभ्रेका सभापति मोतीराम तिमल्सिना, मछिन्द्रकुमार लामा, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रकाश तिमल्सीना, पुर्व विद्यार्थीहरु होमप्रसाद तिमल्सिना, कुमार तिमल्सिना, बलराम अधिकारी, भगवान अधिकारी, बाबुराम तिमल्सिना लगायतका ब्यक्तिहरु सहभागि थिए । छलफल कार्यक्रममा पुर्व विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने आफ्नो क्षेत्रबाट सक्दो पहल गर्नु पर्ने बताएका थिए । अध्यक्ष सिताराम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रम विभिन्न क्षेत्रका ब्यक्तिहरु सहभागि थिए ।