2026 April 22/ 06:58: 45pm

बनेपा/बनेपाका व्यवसायी नवराज केसीको पहिलो गित ‘चाहिरहुँ’ सार्वजनिक भएको छ । युटुवमार्फत सार्वजनिक भएको उक्त गितलाई सुमन वैद्यले स्वर दिएका छन् । सुमनकै संगित रहेको उक्त गितको संगित संयोजन भने बालकृष्ण सेवाचार्यले गरेका छन् । 
रोमान्टिक मेलोडी गितलाई सबै उमेर समुहकालाई मन पर्ने विश्वास लिएको गितकार केसीले बताए । व्यवसायसंगै गित रचना पनि अघि बढाएका उनका अन्य गित पनि रेकर्डिङ भइरहेको र छिट्टै सार्वजनिक गर्ने उनले जानकारी दिए । साहित्यमा उत्तिकै रुचि भएका व्यवसायी केसीले २ दशकदेखि गित, गजल, कविता लेख्दै आएका छन् ।