लकडाउनका बीच धुलिखेल नगरपालिकाले नगर भित्र धमाधम पार्क निर्माण कार्यलाई तिब्र बनाएको छ । प्रत्येक वर्ष नगरपालिकाले एक वडा एक पार्क र नगरस्तरीय पार्क निर्माण गर्ने कार्यलाई तिब्रता दिदै आएको छ । पाँच वर्षमा ६५ वटा पार्क निर्माण गर्ने योजना अनुसार नगरपालिकाले ४० वटा भन्दा धेरै पार्क निर्माण गरिसकेको छ ।
धुलिखेललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न हरेक वडामा कम्तिमा पाँचवटा पार्क निर्माण गर्ने, नगर स्तरीय पाँचवटा पार्क निर्माण गर्ने र बालबालिकाहरुका लागि बाल उद्यान पार्क निर्माण गर्ने कार्यलाई तिब्र बनाईएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भयो । पार्कहरुलाई ईतिहास, धार्मिक, साहित्य, सांस्कृतिक पहिचान दिने गरी निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । पृथ्बीनारायण शाहले नेपालको एकिकरणका बेला पु¥याएको योगदानको स्मरण गर्दै देविस्थान क्षेत्रमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक पार्क, बलभद्र कुँवरको शालिक सहितको पार्क, मदन भण्डारीको शालिक सहितको पार्क, वडा अध्यक्ष स्व. राजन कोईरालाको स्मृति सहितको पार्क लगायतका थुप्रै पार्कहरु निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा बालमैत्री पार्क शिलान्यास भएको छ । धुलिखेल नगरपालिकाको श्रीखण्डपुरमा नगरप्रमुख अशोक व्याञ्जुले पार्कको शिलान्यास गर्नु भएको छ । उक्त पार्क १० लाख लागतमा निर्माण हुने वडा अध्यक्ष गंगासागर रञ्जितले जानकारी दिनुभयो । नगरपालिका र डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा बालमैत्री पार्क बन्न लागेको हो । बालमैत्री पार्क हरेक वडामा निर्माण भईरहेको छ ।
कृषकलाई औजार र विषादी
धुलिखेल नगरपालिकाले वडा नम्वर ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गर्नु भएको हो । नगर प्रमुख व्याञ्जुले उक्त वडामा ११ वटा खेत खन्ने हाते ट्याक्टर र ११ वटा घाँस काट्ने मेसिन वितरण गर्नु भएको हो । ट्याक्टर र घाँस काट्ने मेसिन किसानहरुलाई ५० प्रतिशन अनुदानमा वितरण गरिएको वडा अध्यक्ष विष्णु धितालले बताउनु भएको छ ।
खेतिपातीको समय भएकोले किसानको समस्यालाई मध्यनजर गरि नगरपालिकाले किसानलाई कृषि सामाग्री वितरण गरेको वडा अध्यक्ष धितालले बताउनु भयो । औजार वितरण गर्दै नगर प्रमुख व्याञ्जुले कृषि सामाग्रीको सदुपयोग गरि कृषि पेशालाई सहज बनाउन किसानहरुसँग अनुरोध गर्नु भयो । यस अघि नगरपालिकाले हरेक वडाका नागरिकहरुलाई कृषि सामाग्री उपलब्ध गराएको थियो । नगरपालिका स्थापना दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृषकहरुलाई सामाग्री वितरण गरिएको थियो । नगरपालिकाले कृषिलाई आधुनिकिकरण, प्रविधिकरणसँगै उत्पादनमा जोड दिने खालका कार्यक्रम गरिरहेको उहाँले बताउनु भयो ।
१६ सय घर धुरीलाई निःशुल्क विषादी
मकैमा लगातार फौजी किराले आक्रमण गरी मकै उत्पादन सखाप बनाउन थाले पछि नगरपालिकाले सबै वडाका कृषकहरुलाई फौजी किरा विरुद्धको विषादी निशुल्क उपलब्ध गराएको छ । नगर भित्रका १ हजार ६ सय घरधुरीलाई निशुल्क विषादी वितरण गरिएको थियो । विषादी वितरणका लागि नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरुm वडा सदस्यहरु, कृषि शाखाका कर्मचारीहरु सहभािग थिए ।
प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नं. ९ मा मकैमा लाग्ने किरा नियन्त्रण गर्न किसानहरुालई किटनासक औषधि वितरण गरेका छन् । सो वडाका ३ सय घर धुरीलाई उक्त औषधि वितरण गरेका हुन् । नगरपालिकाले निशुल्क फौजी किरा विरुद्धको विषादी उपलब्ध गराए पछि किसानले राहत महसुस गरेका छन् । जनप्रतिनिधिहरु घर घर पुगी उक्त विषादी उपलब्ध गराएका थिए ।





