बनेपा/पश्चिम रुकुममा भएको हत्याका विरुद्ध बनेपामा संयुक्त राजनीतिक दलित संघर्ष समितिले विरोध जनाउँदै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
गत शुक्रबार साझँ बनेपाको चारदोबाटोमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले दीप प्रज्वलन गरी दोषिलाई कडा भन्दा कडा कारबाहीको माग गरेको छ । दीप प्रज्वलन तथा श्रद्धान्जली कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष प्रकाश रोक्काले जातीय विभेद मुक्त समाज निर्माणका लागि कानुन कार्यान्वयन गर्ने तहमा बसेका हरेक ब्यक्तिले जिम्मेवारी पूर्वक काम गर्नु पर्नेमा बताए । जेठ १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ स्थित मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ बर्षीय नवराज विकलाई सहितको समूहलाई कुटपिट गरी ६ जनाको शव भेरी नदीमा बगाएको भेटिएको थियो ।





