2026 April 22/ 05:48: 32pm

बनेपा/आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्पूर्ण कर्मचारीहरुको कोरोना भाईरस महामारी विरुद्ध बीमा गरेको छ । संस्थामा आवद्ध कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै कोरोना बिमा गरेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले बताएको छ ।
लघुवित्त वित्तीय र युनाइटेड इन्स्योरेन्स कम्पनि (नेपाल) लिमिटेड बीचमा कोरोना बीमाको सम्झौता भएको हो । सम्झौता अनुसार संस्थामा कार्यरत कुनै पनि कर्मचारीको कोरोना भाइरस गर्दा पिसिआर पोजिटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिए बमोजिमको रकम क्षतिपूर्ति दिनेछ । काभ्रेपलाञ्चोक बनेपा१० स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले देशको १५ वटा जिल्लाहरुमा २० वटा शाखा कार्यालय मार्फत करिब १७ हजार घर परिवारमा सेवा प्रदान गरिरहेको छ ।