बनेपा/ग्याँस लिक भई घाईते भएका तीन जनाको उपचारका क्रममा निधन भएको छ ।
कीर्तिपुर अस्पतालमा एकै परिवारका पाँच जनाको उपचार भईरहेको थियो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले उपचारका तीन जनाको निधन भएको र दुई जना उपचारार्थ रहेको बताउनु भएको छ । जेठ १६ गते तेमाल गाउँपालिका वडा नम्वर ७ घर भई बनेपा नगरपालिका वडा नम्वर ७ को तरकारी बजारमा बस्दै आएका रत्नकुमार ठकुरीको परिवारका पाँच सदस्यहरु ग्याँस लिक भई दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका पाँच मध्ये दुईको उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको आफन्त जेनिस लामाले बताउनु भयो । निधन हुनेहरुमा १६ बर्षिय आयुष शाह ठकुरी र २६ बर्षिय रुकेश भनिने शुशिल ठकुरी शाहको मंगलबार र १४ बर्षिय अनिश ठकुरीको बुधबार निधन भएको छ ।
आर्थिक अवस्था कमजोर भएका ठकुरीको परिवारको उपचारमा दैनीक ३ लाख भन्दा धेरै औषधी उपचारका लागि खर्च भएको छ । उक्त रकम जुटाउन नसक्दा उपचारमा समस्या त छँदैछ अर्काे तिर परिवारका तीन सदस्य गुमाउँदा थप पीडा थपिएको छ । ठकृरी परिवारले विषम परिस्थितीमा भएको उक्त घटनामा घाईते हुनेहरुको उपचारका लागि सहयोगका लागि सरकारसँग अनुरोध गरेका छन् । घाईतेहरु पुरै जलेको अवस्थामा थिए । उनिहरुको फोक्सोमा ग्याँस पसी असर पु¥याएकाले उपचार सम्भव नभएको अस्पतालले जानकारी दिएको छ ।





