2026 April 22/ 05:46: 29pm

बनेपा/बनेपाको शिर मेमोरियल अस्पतालमा कार्यरत कर्मचारीहरुले कोरोना भाईरसको संक्रमणको अवस्थामा कर्मचारीहरुको सेवा, सुविधा र रोजगार नै कटौती गरेकाले तत्काल पहिलाकै अवस्थाको सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् । 
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले पारिश्रमिक नदिएर आफुहरुको श्रम शोषण गरेको भन्दै जिल्ला समन्वय समिति काभ्रे, जिल्ला प्रशासन कार्यालय, बनेपा नगरपालिका लगायतका निकायहरुमा ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुले बैशाख महिनाको आधा मात्रै तलब पाएको बताएका छन् । अस्पतालका कार्यकारी प्रमुख डाक्टर डेलएम मालेले अस्पतालमा कार्यरत विरिष्ठ चिकित्सक देखि स्वास्थ्यकर्मीलाई काम गर्न नआउने भनेको कर्मचारीहरुले बताएका छन् । मनोमानी ढंगले कर्मचारीलाई निष्काशन कर्मचारी युनियनका अध्यक्ष राज कुमार श्रेष्ठले बताएका छन् । अस्पताल प्रशासनले विषम परिस्थितिमा अस्पतालले कर्मचारी कटौती भन्दा पनि संस्थाको हितका लागि सहजीकरण गरिरहेको बताएको छ । युनियनले भने जस्तो अस्पतालले ब्यवहार नगरेको प्रशासनले बताएको छ ।