2026 April 22/ 05:46: 28pm

रवि/कोरोना अर्थात कोभिड–१९ का कारण र प्राकृतिक विपत्ति असिनाका कारण कृषकहरुलाई क्षति पुगेपछि स्थानीय सरकारले कृषकहरुलाई थोरै भए पनि मल्हम लगाउने काम गरेको छ । 
धुलिखेल नगरपालिका वडा नम्बर २ रविमा ५ सय ५ जातको धानको बीउ २ सय २ जना कृषकहरुलाई २ हजार केजी वितरण गरिएको छ । त्यसैगरी दुई सय प्याकेट विभिन्न तरकारीको बिउ बिजन २ सय जनालाई, घासको बिउ २ सय के.जि १ सय ६७ जनालाई वितरण गरिएको छ । त्यसैगरी फौजी किरा नियन्त्रणको लागि ६ सय जना कृषकहरुलाई निःशुल्क विषादी बितरण गरिएको वडा अध्यक्ष देवप्रसाद कोईरालाले बताउनु भयो । नेपालकै नमुना रहेको उक्त वडामा धेरै दुध उत्पादन हुने गरेको छ । लकडाउनले कृषकहरुलाई समस्या परेपछि वडाले कृषकहरुलाई थोरै भए पनि राहत प्रदान गरेको उहाँले वताउनु भयो । कृषको मागअनुसार समय अनुसारको धानको बिउ, तरकारीको विउ, घासँको बिउ वितरण गरिएको कोईरालाले बताउनु भयो । वडामा लकडाउनको समयमा पनि योजनाका कामहरु सञ्चालन भैईरहेको, जनताका अत्याबस्यक कामहरु सञ्चालन गरिएको उहाँले बताउनु भयो । विकास भनेको बाटो र भवन मात्र नभई जनताका समस्या समाधान गर्नु पनि भएकाले हर समयमा जनताको समस्यामा साथ दिने अध्यक्ष कोईरालाले वताउनु भयो । 
वडाले वडामा अति बिपन्न २ सय परिवारलाई खाद्यान्न सामाग्री वितरण कार्य सम्पन्न गरिसकेको र हरेक काम र विकासमा जनताको सहभागीता चाहिने हुदाँ सबै वडाबासीहरुलाई सहभागिता जनाई दिन अनुरोध गरिएको कोईरालाले बताउनु भयो ।