2026 April 22/ 06:59: 31pm

धुलिखेल/काभ्रेका विभिन्न स्थानमा रहेका इट्टा भट्टामा कार्यरत भारतिय तथा नेपाली मजदुरहरुलाई धमाधम घर फर्काउन शुरु गरिएको छ । पाँचखालमा मात्रै भारतिय मजदुरहरुको संख्या ५ सय ३९ रहेको गोल्मादेवी ईट्टा भट्टाका संचालक रामप्रसाद चौलागाईले बताउनु भयो । 
    ‘भारतीय दुतावासको सहयोगमा परराष्ट्र हुँदै गृहमन्त्रालयको अनुमतिका आधारमा जिल्लामा रहेका भारतबाट नेपाल आई काम गरेका मजदुरहरुलाई फिर्ता पठाउने प्रकृया शुरु गरिएको छ’–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘पहिलो चरणमा १९ जनाको अनुमति प्राप्त भएकाले पठाई सकिएकको छ । भट्टाबाट घर फर्कन चाहनेहरुका लागि प्रकृया पु¥याएर आउन भनेको छु ।’ काभ्रेको पाँचखालमा रहेका १२ वटा भट्टामा ५ सय ३९ जना मजदुर कार्यरत छन् । पनौतीको शंखुमा ३९ जना भारतीय मजदुर कार्यरत छन् । त्यस्तै बनेपा, धुलिखेल, मण्डनदेउपुर नगरपालिकामा रहेका भट्टा तथा अन्य क्षेत्रमा कार्यरत भारतिय मजदुरहरु पनि देश फर्कन चाहेको अवस्थामा दुतावासको अनुरोधमा परराष्ट्र हुँदै गृहमन्त्रालयले सम्वनिधत जिल्लाका प्रशासन कार्यालयहरु मार्फत अनुमति दिएर फर्काउन शुरु गरेको छ । 
    नेपाल भित्रका सल्यान, उदयपुर, दाङ्ग तथा विकट जिल्लाका मजदुरहरुलाई पनि जिल्लाको अनुमति सहित पालिकामा पु¥याई क्वारेन्टिनमा राख्ने, परिक्षण गर्ने सहमति पछि फर्काईएको छ । अधिकांश मजदुरहरुलाई आफ्नै स्थानमा फर्काईएको छ । बर्षात्को समय शुरु भएको र मजदुरहरुको काम सकिएको तथा मजदुरहरुको परिवारमा खेतिपाती लगाउन शुरु भएकाले जसरी पनि घर फर्काउनु पर्ने बाध्यता रहेको ब्यवसायीहरुले बताएका छन् ।