2026 April 22/ 05:47: 54pm

धुलिखेल/जिल्ला प्रहरी कार्यालय काभ्रेले ५० भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।  सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे, इर्खु लगायतका स्थानमा काम गरिरहेका भारतिय मजदुर आईतबार विहान हिडेरै काभ्रे आएका थिए । 
अरनिको राजमार्गको पाँचखाल स्थित जिरोकिलोबाट खाद्यान्न लिन बनेपा आउँदै गरेको मिनिटाटाको डब्बा भित्र बसेर आएका मजदुरहरुलाई धुलिखेलमा अलपत्र अवस्थामा छाडेर फरार भए पछि प्रहरीले गाडी, गाडी चालक र मजदुरहरुलाई नियन्त्रणमा लिएको थियो । चालकलाई लकडाउन उल्लंघन गरेकोमा मुद्दा चलाईने भएको छ भने भारतीय मजदुरहरुलाई सोहि स्थानमा फिर्ता पठाईएको छ । बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ । सिन्धुपाल्चोकको जल्केनीबाट कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाए लगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनु भयो । भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले भारतिय मजदुरहरुलाई खाना खुवाएर बसमा राखेर पठाईएको बताउनु भयो ।