2026 April 22/ 05:48: 33pm

धुलिखेल/काभ्रे उद्योग बाणिज्य संघले सेवाग्रहीहरुको सहजताका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
 जिल्ला न्यायाधीश पुरुषोत्तम ढकाल, श्रेस्तेदार गोविन्द घिमिरेलाई नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, महासचिव कैलाश पलाञ्चोकेले थर्मल गन एक थान, माक्स, सेनिटाईजर र ग्लोब्स उपलब्ध गराउनु भएको हो । विपद्को अवस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा अदालतले उद्योग बाणिज्य संघलाई धन्यवाद दिएको छ भने ब्यवसायीहरुले सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।