2026 April 22/ 05:16: 53pm

बनेपा/सिबिएम नेपालको साझेदारीमा रिमरेक काभ्रेको समन्वय तथा भूम्लु गाउँपालिकाको आयोजनामा संचालन भएको समुदायमा आधारित समावेशी विकास अवधारणा अन्तर्गत “सबैका लागि समावेशी समुदाय“ कार्यक्रम संचालन भइ रहेको छ । 
हाल विश्वभरि माहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बृद्ध तथा बालबालिकाहरु बढी जोखिममा पर्ने भएकाले यस महामारीको संक्रमणबाट सुरक्षित रहनका लागि मिति २०७७ बैशाख २९ र ३० गतेका दिन रिमरेक काभ्रेका परियोजना प्रबन्धक राजन गौतमद्वारा मण्डनदेउपुर नगरपालिका तथा भुम्लु गाउँपालिका पदाधिकारीहरुको उपस्थितिमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर तामाङ तथा भूम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरलाई ९०।९० थान (जसअन्तर्गत तौलिया ३६० थान, साबुन १०४० थान, ब्रस ५४० थान, सानिटाइजर १८० थान, नेलकटर १८० थान, सेनिटरी प्याड ३६० थान, मास्क १८०० वटा, काइयो ५४० वटा, झोला १८० थान, मन्जन ३६० थान साथै थर्मल गन २ थान) सरसफाई सामाग्री हस्तान्तरण गरिएको छ । साथै उक्त अवसरमा रेड्क्रस सोसाइटी बनेपा शाखा काभ्रेले पनि सावुन १००० पिस, सेनिटरी प्याड ४०० पाकेट तथा सेनिटाईजर ८५ पिस मण्डनदेउपुरका नगर पमुखलाई हस्तान्तरण  गर्नु भएको थियो । 
उक्त अवसरमा नपुग आवश्यक सरसफाई सामाग्री भूम्लु गाउँपालिकाले खरिद गरि चाँडै नै लक्षित समुदायमा पु¥याउने जानाकारी गाउँपालिका अध्यक्षले दिनुभएको छ । उक्त सरसफाई सामग्री पालिकामा भएका न्युन आय भएका ब्यक्ति, महिला तथा पूर्णरुपमा अरुमा निर्भर अपाङ्गता भएका ब्यक्तिलाई केन्द्रित गरी बितरण गरिनेछ । उक्त अवसरमा सहयोग प्रदान गर्ने निकायलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।