बनेपा/कोरोना संक्रमणकै कारण लामो समय देखि मुलक लकडाउनमा रहँदा केहि उद्योग तथा कलकारखानाहरु संचालन गर्न दिने निर्णय भए सँगै संचालनमा आएका टिपरका चालहरुको सुरक्षाका लागि ब्यवसायीहरुले स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाले टिपर चालकहरुलाई सचेतनाका साथै माक्स र सेनिटाईजर उपलब्ध गराईएको बताउनु भयो । मंगलबार देखि शुरु गरिएको अभियान जिल्लामा संचालन हुने सबै टिपरहरुमा गरिने उहाँले बताउनु भयो । चालकलाई माक्स र सेनिटाईजर उपलब्ध गराउँदै सुरक्षित भई सेवा प्रदान गर्न अध्यक्ष लामा सहित टिपर ब्यवसायी संघका पदाधिकारीहरुले अनुरोध गरेका थिए ।





