धुलिखेल/बागमती प्रदेशका प्रहरी प्रमुख डिआईजी बसन्त लामाले प्रदेश भित्रका १० जिल्लाको अवलोकनका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको अवलोकन गर्नु भएको छ ।
एसपी रविकुमार पौड्यालले जिल्लाको सुरक्षा स्थिती, भौगोलिक अवस्थिति, जनशक्ति, समस्या र चुनौतीसँग नागरिकहरुको सेवाका लागि गरिएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो । कोरोना भाईरस नियन्त्रणसँगै अपराध अनुसन्धान, फरार अपराधीहरु पक्राउ लगायतमा प्रहरीले निरन्तर कार्य गरिरहेको एसपी पौडेलले जानकारी गराउनु भएको थियो । सोहि अवसरमा संघिय प्रहरी कार्यालय बागमती प्रदेशका एसएसपी उमेशराज जोशी लगायतको टोली सहभागी थियो । अनुगमनका क्रममा डिआईजी लामाले सिमित श्रोत र साधनका बाबजुत नेपाल प्रहरीले दिएको सेवा प्रभावकारी रहेकाले गुनासो नआउने गरी सेवा उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो ।





