2026 April 22/ 05:16: 30pm

मण्डनदेउपुर/मण्डनदेउपुर नगरपालिकाले नगर भित्र रहेका बिपन्न र श्रम गर्न सक्ने बर्गका लागि श्रम सहित राहत दिने प्याकेज निर्णय गरेको छ । 
नगर प्रमुख टोकबहादुर वाईबाको अध्यक्षतामा बसेको नगर बिपद ब्यवस्थापन समितिको बैठकले खाद्यान्नका लागि काम भन्ने उदेश्यले बिपन्न र श्रम गर्न सक्ने बर्गका लागि प्रत्येक वडामा श्रम गर्ने वातावरण निर्माण गरी काममा लगाउने र काम गरे बापत नगदको सट्टा खाद्यान्न दिने निर्णय गरेको प्रमुख वाईबाले बताउनु भयो । एक दिन काम गरे बापत १५ के.जी.चामल, आधा लिटर तेल, १ के.जी नुन र १ के.जी.दाल दिईने छ । प्रत्येक वडाले अति बिपन्नहरुको लगत संकलन गरी पठाएको आधारमा उनिहरुलाई सडक मर्मत सम्भार, धारा कुवा सरसफाई लगाएत सामाजिक काममा परिचालन गरिने छ । यसले गर्दा लकडाउनका कारण कोहि भोकैपनि नपर्ने, बिकास र सामाजिक काम पनि हुने प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनु भयो ।