2026 April 22/ 05:47: 55pm

    नाला/कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा जुटिरहेका स्थानीय सरकारहरुले आ–आफ्ना क्षेत्रमा राहत तथा सचेतनाका कार्यक्रमहरु गरिरहेका छन् । बनेपा नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठको नेतृत्वमा बनेपा नगरपालिका  वडा नम्बर १,२,३ र ४ का सम्पूर्ण घरधुरीलाई सेनेटाईजर १ थान, साबुन २ थान मास्क उपलध गराईएको छ । 
     वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठको सक्रियतामा वडा नम्वर २, वडा नम्वर ३, वडा नम्वर ४ का स्वास्थ्य चौकी तथा सद्भाव अस्पताल नालाका लागि ८ थान पिपिई समेत उपलब्ध गराईएको छ । वडाले छिमेकी वडाका घरधुरिहरुलाई समेत उक्त सामान दिई कोरना लाग्नबाट बच्नका लागी सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो । वडाले कोरोना रोकथामका लागी विभिन्न सचेतना कार्यक्रमरु गर्दै आएको र वडामा रहेका श्रमिक तथा मजदुरहरुलाई राहत वितरण गरिसकेको श्रेष्ठले वताउनु भयो ।