शव अलपत्र
बिष्णु घिमिरे/साउदीअरेबिया
बैदेशिक रोजगारका लागी साउदी अरेबियामा पुगेका ३७ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हृदयघात देखि बिभिन्न रोगबाट निरन्तर विरामी भई औषधी सेवन गरेका ब्यक्तिहरु छन् ।
मृत्यु हुनेहरू मध्ये ४ जनाको शव प्रक्रिया पुरा भएको र अरू प्रक्रियामा रहेका छन् । मृत्यु हुने सप्तरीका एक नेपालीको परिवारको सहमतिमा लास साउदीमै सनाखत गरिएको छ भने ३६ जनाको लास साउदीमा नै रहेको छ । राजदुतावासका अनुसार प्रवासमा नेपालीको मृत्यु हुनु दुखद् भएको बताउँदै कोरोना भाईरसको कारण र अन्तराष्ट्रिय हवाई यातायात बन्द रहेकोले शवहरु नेपाल पठाउन समस्या रहेको छ । मृतकका आफन्तलाई जानकारी गराईसकिएको दुतावासले जानकारी गराएको छ । कोरोना प्रभाव विश्वभर नै छ तर रेमिट्यान्सले धानेको देश नेपाल प्रवासमा नेपालीको मृत्यु भएर शव अलपत्र परेको अवस्थामा सरकारले सम्बन्धीत निकायसँग छलफल गरि परिवारसम्म पु¥याउन पहल गर्नुपर्ने बताएका छन् ।





