धुलिखेल/शिखरदिप एग्रो प्रालिले विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसले गर्दा लकडाउनका कारण अति विपन्न परिवार तथा श्रमीकहरुका लागी राहत वितरण गर्न धुलिखेल नगरपालिका वडा नम्बर २ लाई राहत हस्तान्तरण गरेको छ ।
प्रालिका कर्मचारीद्धय स्वयमकाजी अवाल र द्धारीका गौतमले धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष देव प्रसाद कोईरालालाई ३५ जना परिवारका लागी चामल १२.५ केजी, दाल १ केजी, नुन १ केजीका दरले हस्तान्तरण गर्नेु भएको थियो । हस्तान्तरणमा वडा अध्यक्ष कोईरालाले स्थानिय सरकार एकैलेले नभई सबै सघं सस्था महामारीको सामना गर्नु पर्ने बताउनु भयो । वडाबासीहरुलाई समयमै विउ वितरण गरिएको हुदाँ कुनै समस्या परेमा तुरुन्तै वडामा खबर गर्न समेत अनुरोध गर्नु भएको छ ।





