2026 April 22/ 04:04: 22pm

बनेपा/समुदायमा प्रहरी साझेदारी अवधारण अन्र्तगत ईलाका प्रहरी कार्यालय बनेपाले नगरको विभिन्न ठाँउबाट अबैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । 
    ईलाका प्रहरी प्रमुख योगेन्द्र तिमल्सिनाको नेतृत्वमा गएको टोलिले नगरका भित्री बजारमा बन्दाबन्दीको समयमा समेत लुकीछिपी सञ्चालन गरिएका विभिन्न होटलहरुबाट करिब १ हजार ५ सय लिटर अबैध मदिरा नियन्त्रणमा लिई जनप्रतिनीधीको रोहवरमा नष्ट गरिएको वताउनु भयो । तिमल्सिनाले यस अघि बनेपाबाट दशौ हजार अबैध मदिरा नष्ट गरिसकेको हुदाँ नगरबासीहरुलाई यस्तो सकंटमा समेत यस्ता कार्य नगर्न ब्यबसायीहरुलाई आग्रह गर्नु भएको र प्रचलित कानुन अनुसार कारवाही समेत गरिने हुदाँ सबै होटेल ब्यबयायीहरु सचेत बन्नुपर्ने तिमल्सिनाले वताउनु भयो ।