प्रेस संगठन ललितपुरका नेता एव बाग्मती प्रदेश सदस्य रामहरी कार्की मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ५ पिस ज्याकेट उपलब्ध गराउनु भएको छ । क्लिन सिटी मार्फत नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ हजार ५ सय माक्स उपलब्ध गराईएको थियो भने काभ्रे उद्योग बाणिज्य संघ मार्फत ३० थान स्यानीटाईजर उपलब्ध गराईएको थियो । पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रोवेन तौजलेले २० थान ज्याकेट, बनेपा हेल्थ केयर प्रालीले ५ पिस स्यानीटाईजर र १५ थान माक्स उपलब्ध गराएको छ । अन्र्तराष्ट्रिय काभ्रे सेवा समाज तथा काभ्रे सेवा सामाज काभ्रेबाट ५०/५० थान मास्क र स्यानीटाईजर उपलब्ध भएको छ । बनेपामा रहेको पब्लिक सुत्रधार सहकारीले ५० पिस मास्क उपलब्ध गराएको छ ।





