बनेपा/काभ्रे बस प्रालिले सघं मार्फतका मजदुरहरुलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण सम्पुर्ण यातायात सेवा समेत प्रभावित भए पछि मारमा परेका मजदुरहरुलाई राहत वितरण गरिएको प्रालिका अध्यक्ष वर्ण शाक्यले बताउनु भयो ।
प्रालिले बसका चालक तथा सहचालकका ६० परिवारलाई प्रति परिवार चामल १० केजी, दाल १ केजी, नुन १ केजी, तेल १ लिटर, मसला, साबुन लगाएतका राहत सामाग्री हस्तान्तरण गरिएको थियो । सघंले यस अधि पनि विभिन्न मजदुर तथा ईलाका प्रहरी कार्यालयलाई, पानी, चाउचाउ लगाएतका सामाग्री हस्तान्तरण गरेको थियो । राहत वितरणमा प्रालिका सचिब कबिर रजिंत, कोषाध्यक्ष रामसुन्दर श्रेष्ठ सञ्चालक सदस्य रामप्रसाद बैद्य, मजदु्र संगठन धुलिखेल रुट ईकाईका सल्लाकार भिमसेन लामा, अध्यक्ष अर्जुन लामा लगायतको सहभागिता रहेको थियो । रुटका अध्यक्ष लामाले सबै भन्दा बढी मारमा मजदु्र परेकाले स्थानीय सरकार वा राज्यले समयमै राहत प्याकेज ल्याउनु पर्ने बताउनु भयो । प्रालिका अध्यक्ष शाक्यले ब्यबसायीहरुलाई राज्यबाट कर्जा विमा करमा सहुलियत दिनु पर्ने बताउनु भयो ।





