बनेपा/नेकपा बागमती प्रदेश कमिटी प्रचार विभागका सचिव ध्रुर्वप्रसाद घिमिरेले प्रेस संगठन काभ्रेका लागि ३० बाक्सा मास्क र ३० थान स्यानिटाईजर उपलब्ध गराउनु भएको छ । संगठनका संयोजक भुवन रायमाझी, सह संयोजक रामकृष्ण बञ्जारालाई घिमिरेले हस्तान्तरण गर्नु भएको थियो ।
बागमती प्रदेश प्रचार विभाग सदस्य डिलबहादुर थोकर, बागमती प्रदेश नेपाल पत्रकार महासंघका उपाध्यक्ष यदुनाथ गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका केन्द्रिय सदस्यद्धय नवराज बजगाई, पेमा लामा लगायत जिल्लाका कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । यसअघि बागमती प्रदेश इन्चार्ज विश्वमणी सुवेदीलाई संगठनका संयोजक रायमाझी र सह संयोजक बञ्जारा मार्फत स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको थियो ।





