2026 April 22/ 04:05: 36pm

बनेपा/विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई न्यूनीकरण गर्न नेपाल सरकारले गत चैत्र ११ गतेदेखि देशभर लगाएको बन्दाबन्दी हालसम्म पनि कायम रहेको र यसबाट आर्थिक एवं गैरआर्थिक सम्पूर्ण क्षेत्रमा परेको असरलाई ध्यानमा राखी बनेपा नगरपालिकाको विपद् कोषमा रहने गरी सहकारीले आर्थिक राहत हस्तान्तरण गरेको छ । 
बनेपा नगरपालिकाको विपत ब्यबस्थापन राहत कोषमा रु.४० हजार सहकारी संस्थाका अध्यक्ष रत्नकुश रञ्जितले नगर प्रमुख लक्ष्मी नरसिं बादेलाई हस्तान्तरण गरिएको  बताउनु भयो । संस्थाको निर्णय अनुसार सहकारीको सामाजिक दायित्व अन्र्तगत विश्व नै महासंकटमा परेको समयमा संस्थाको तर्फबाट नगरलाई सहयोग गरिएको रञ्जितकारले बताउनु भयो । सहयोग हस्तान्तरणमा नगरको उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत आनन्दराज पोखरेल, सहकारीका सञ्चालक सदस्यहरु, ब्यबस्थापक राजाराम घोरसाईने लगायतकोे सहभागिता रहेको थियो ।