2026 April 22/ 04:06: 30pm

पनौती/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुटईकाईका मजदुरहरुलाई संगठनले राहत वितरण गरेको छ । 
पनौती नगरपालिका, काभ्रे पुण्यवती यातायात प्रालिको समन्वय तथा सगंठनको संयोजनमा राहात वितरण गरिएको संगठनका अध्यक्ष बेद प्रसाद घिमिरेले वताउनु भयो । कोभिड १९ नामक कोरोना भाईरसका कारण मुलुक लकडाउमा रहेकाले मजदुरहरुलाई समस्या नहोस भन्ने उदेश्यले राहत वितरण गरिएको उहाँले बताउनु भयो । संगठनले प्रति परिवार चामल १२ केजि, दाल १ केजि, तेल आधा लिटर,  नुन १ केजी बितरण गरेको थियो । संगठनमा आबद्ध सबै मजदुरहरुलाई भोकै बस्न नपरोस् भनेर राहत वितरण गरिएको घिमिरेले बताउनु भयो । सगंठनले लकडाउन शुरु भए देखी नै पनौती नगरपालिकाको वसपार्कमा निःशुल्क खानेपानी र हात धुने साबुन पानीको ब्यबस्था गर्दै आईरहेको छ । राहत वितरण कार्यक्रमा संगठनका प्रमुख सल्लाहकार विदुर खत्री, सगठनका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत कार्य समितिहरुको सहभागिता रहेको थियो ।