2026 April 22/ 03:29: 54pm

विष्णु घिमिरे
मानव जाति नै कोरोना भाइरसबाट त्रसित अवस्थामा छ । आफु पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने अवस्थामा नेपाली साझा मञ्च समन्वय समिति साउदी अरेबियाले कोरोना पीडितलाई सहयोग गर्न समिति गठन गरेको छ । 
साउदीमा बिगत ५ साल देखी परिचालित उक्त संस्थाले पीडितको पक्षमा सहयोग गर्दै आईरहेको छ । समितिका अनुसार अहिले आफु बच्ने अवस्था रहे पनि साउदी भौगोलिक हिसाबले ठुलो भएकाले क्षेत्रीय हिसाबमा सबै नेपालीको अवस्था बुझ्न र सहयोग गर्न यो समिति गठन गरेको  जानकारी दिएको छ साथै यस अभियानमा नेपाली राजदुतावाससंगको समन्वयमा भौतिक, नैतिक, आर्थिक र कानुनी रूपमा सहयोग गर्नुको साथै साउदीमा रहेका सम्पुर्ण संघ संस्थाहरू, सामाजिक व्यक्तित्वहरू, मिडियाकर्मीहरु, बुद्धिजीवी सबैसँग सहकार्य गरि पीडितको तथ्यांक समेत तयार गर्ने जानकारी दिएको छ । संयोजक बिष्णु घिमिरेका अनुसार दैनिक रूपमा संक्रमितको संख्या बढ्दो छ तर पनि मनोवल उच्च राखी संस्थाका सबै अभियन्ताहरू सहयोग गर्न तयार हुनुहुन्छ यो गौरबको कुरा हो  । भावनामा डुवेर होईन आधिकारिक यथार्थ बुझेर पीडितलाई सहयोग गर्ने उहाँले बताउनु भयो । प्राय सबै साना कम्पनीहरू बन्द अवस्थामा रहेका छन । तसर्थ अहिले सबै जनाको समस्या गाँस, बास, कपास नै हो तर पनि यो सरुवा रोग भएकाले तत्काल बासको अति आवश्यक देखिन्छ तसर्थ यस बिपद् घडीमा साउदीमा रहेका बिभिन्न संगठन, संघसंस्था, मेनपावर एजेन्सी, समाजसेवीले राजदुतावाससंग समन्वय गरि यसको  व्यवस्थापन गर्न जरूरी देखिन्छ र सहकार्यको लागि आग्रह समेत गरेका छन् ।