2026 April 22/ 03:31: 33pm

दोलालघाट/२०७७ बैशाख ६ गते तेमाल गाउँपालिका वडा नम्वर ६ मात्थेकोशी दोभान स्थित सुनकोशी नदीको किनारामा वेवारिसे ब्यक्तिको शब फेला परेको छ । 
प्रहरीका अनुसार नाम थर वतन नखुलेको हेर्दा तराईबासी जस्तो देखिने निजले लगाएको कपडाको प्रकृती हेर्दा मागी खाई हिड्ने जस्तो देखिने मृत लाश पानीमा तैरी रहेको र उत्तानो अवस्थामा फेला पारेको छ । प्रहरी चौकी पोखरीनारायणस्थान र प्रहरी चौकी पचुवारघाट काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालबाट घटनास्थल अनुसन्धान अधिकृत सहितको टोली खटि गई मृतक लासलाई सुरक्षित स्थान नदी किनारमा ल्याई मृतकको सम्बन्धमा बुझ्दा पहिचान हुन नसकेकोले प्रारम्भिक अनुसन्धन घट्नास्थल लास जाँच प्रकृति मुचुल्का समेतको कार्य पूरा गरी मृतक लास पोष्टमार्टम एवं आफन्तहरुको खोजतलास एवं मृतक लास सनाखतको लागि शिरमेरोरियल अस्पताल बनेपामा सुरक्षित राखिएको छ । 
मृतकको कालो ज्याकेट, घ्यू रङ्गको स्विटर, निलो टिसर्ट, भित्र सेतोमा कालो धर्का भएको सर्ट, खैरो ज्याकेट, भित्र बम भोले लेखेको टि–सर्ट, सबै भन्दा बाहिर बुट्टे सल जस्तो देखिने टिसर्ट लगाई तल्लो शरीर नाङ्गो अबस्थामा रहेको र मृतकले लगाएको ज्याकेटको गोजीमा काम नलाग्ने जस्तो सिम कार्ड तथा ब्याट्री र कभर समेत नभएको मोबाईल, कपडाको टुक्राहरु, बत्तीको बल्भ चिम, सिक्का पैसाहरु ब्रस, साबुन समेत रहेको उचाई ५ फिट ६ ईन्च भएको अनुहारको भाग पुरै कालो अबस्थामा रहेको, जिउडाल मोटो रहेको, बाटुलो अनुहार, चुच्चे नाक भएको, झट्ट हेर्दा तराईबासी जस्तो देखिने पुरुष ब्यक्तिको शव रहेको प्रहरीले जानकारी दिएको छ ।